माधव नेपाल पक्षद्वारा वसन्त मानन्धरको नेतृत्वमा काठमाडौं जिल्ला कमिटी घोषणा

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ । आइतबार नेपाल पक्षले वसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरेको हो ।

काठमाडौंमा आयोजित जिल्ला कमिटी घोषणा कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्यसमेत रहेका मानन्धरको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गरिएको हो ।

नेपाल पक्षको काठमाडौं जिल्ला उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुशुमकुमारी कार्की र उपसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् । नेपाल पक्षले जिल्ला कमिटीमा रहने सदस्यहरू पनि घोषणा गरेको छ । आजको बैठकले २२५ सदस्यीय कमिटी घोषणा समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *