काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने नेपाली कांग्रेसको निर्णय सराहनीय भएको बताएका छन् । शनिबार ट्वीट गर्दै भट्टराईले कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय भएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘अन्ततःप्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ।अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं । आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकता/प्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है !’
शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आगामी सरकारको नेतृत्व लिने निर्णय गरेको छ । त्यस्तै कांग्रेसले माओवादी केन्द्र र जसपालाई आफ्नो पार्टीमा निर्णय गरेर आउन आग्रह गरेको छ ।