नर्थ मासेडोनियासँग जर्मनी स्तब्ध

प्रज्जवल थापा । फिफा विश्वकप-२०२२ को छनोट खेलमा जर्मनी पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा जर्मनी नर्थ मासेडोनियासँग २-१ गोलले स्तब्ध भएको हो ।

मासेडोनियालाई जित दिलाउन गोरान पाण्डेभ र एल्जिफ एल्मासले एकएक गोल गरे । जर्मनीको लागि इल्के गुन्डोगानले एक गोल गरेपनि हार टार्न सकेन । पहिलो हाफको अतिरिक्त समयमा एनिस बार्धीको पासमा पाण्डेभले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडि बढाएका थिए ।

६३ औं मिनेटमा गुन्डोगानले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई बराबरीमा ल्याएका थिए । तर ८५ औं मिनेटमा एडेमीको पासमा एल्मासले गोल गर्दै मासेडोनियालाई २-१ गोलको शानदार जित दिलाए । जितसँगै मासेडिनिया ३ खेलमा ९ अङ्क जोड्दै समुह ‘जी ‘ को दोस्रो स्थानमा उक्लिएको छ भने पराजित जर्मनी तेस्रो स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *