ह्यापिनेश इन्डेक्स र नेपाल

दुर्गाप्रसाद गौतम।  
विकासलाई आध्यात्मिक वा प्राविधिक ढंगले परिभाषित गर्ने सिलसिलामा संयुक्त राष्ट्रसंघले आफ्ना सदस्य राष्ट्रहरुलाई आफ्ना मुलुकका जनताको खुसीको स्तरलाई मापन गर्ने र सोही तथ्यांकका आधारमा सार्वजनिक नीति निर्णयमा मद्दत पुर्याउने तरिकाले प्रयोग गर्ने कुरामा उत्साहित पार्ने कोसिस गर्यो । यही विकासको आध्यात्मिक तथा प्राज्ञिक परिभाषा दिने क्रममा संयुक्त राष्ट्रसंघको सम्वत् २०११ जुलाईमा भएको साधारणसभाले खुसीपनलाई विकास मापनको आधारका रुपमा परिभाषित गर्दै सम्पूर्ण आफ्ना सदस्य राष्ट्रहरुलाई आफ्नो राष्ट्रका जनताको खुसीको स्तर मापन गरी सोही आधारमा जनतालाई बढी भन्दा बढी खुसी रहने गरी सार्वजनिक नीति निर्माणको लागि अपील गरेको हो । यस पश्चात अप्रिल दुई सन् २०१२ को उच्चस्तरीय संयुक्त राष्ट्रसंघको बैठकले सम्पन्नता र खुसीलाई विकास मापनको नयाँ आयामको रुपमा अंगिकार गर्यो ।

संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव वान कि मुन र भुटानका प्रधानमन्त्री जिङ्मी थिन्ले राष्ट्रिय विकासका लागि परिवर्तन सन्दर्भमा कुल गार्हस्थ उत्पादनको सट्टा कुल राष्ट्रिय खुसीपन वा अवस्थालाई विकास मापनको आधारको रुपमा अनुसरण गर्नुपर्ने विचारधारालाई अगाडि सारे । उक्त दृष्टिकोणले परम्परागत रुपमा हामीले प्रयोग गर्दै आइरहेको व्यक्तिगत वा राष्ट्रिय धन तथा उत्पादनको स्तरले मात्र विकास र जनताको जीवनप्रतिको उत्साहित भावना र दृष्टिकोणलाई प्रतिविम्बित गर्न सक्दैन ।

यसका लागि त व्यक्ति वा राष्ट्रमा विद्यमान धन सम्पत्ति तथा सम्पन्नताका साथै राष्ट्रमा जनस्तरमा विद्यमान जनताको अलौकिक खुसीको पवित्र आस्था के छ यसले बास्तविक विकासको स्तरलाई मापन गर्दछ । र यसले राज्य तथा व्यक्तिलाई अझ सामाजिकता सहितको उन्नतिलाई प्रेरित गर्दै थप प्रसन्नताका साथ विकासको स्तरलाई विस्तारित गर्दै मानव समाजमा खुसीपनको थप संचारमा मद्दत गर्दछ । त्यसैले खुसीपनलाई विकास र जनताको भावनात्मक विकास अंगको अन्तरसम्बन्धसँग अन्तरघुलित गर्दै थप आयामहरु कोर्न सकिने र यसले नै बास्तविक विकासको स्तरलाई प्रतिविम्बित गर्ने कुरामा खुसीपनलाई विकास मापनको सूचांकको रुपमा उपयोग गर्नुपर्ने दृष्टिकोणलाई जोड दिएको पाइन्छ ।

संयुक्त राष्ट्रसंघले पहिले विश्व खुसी प्रतिवेदन अप्रिल एक २०१२ मा प्रकाशित गर्यो । उक्त प्रतिवेदनले विश्वका विभिन्न मुलुकहरुको राज्यस्तरमा रहेको खुसीपनको स्तरलाई वा अवस्थालाई बाहिर ल्याउनका साथै विकास मापन प्रक्रियामा नयाँ आयामको थालनी गर्यो । मुलुकका जनतामा विद्यमान रहेको सरकार, समाज, समुदाय, परिवार तथा व्यक्तिप्रतिको विश्वासको स्तर जीवन प्रतिको सकारात्मक सोचाई भयबाट मुक्ति स्वतन्त्रताको उपभोगका सवालमा जनताले अनुभूति गर्ने स्वच्छन्दताको स्तर आदिका आधारमा आममानिसको खुसीपनको स्तरलाई निर्धारण उनीहरुको सम्पन्नता र समृद्धिको अवस्थासँग जोड्दै यसलाई दिगो विकासको लक्ष्य प्राप्तीको लागि पनि आधारका रुपमा प्रस्तुत गर्ने कोसिस गर्यो । सन् २०१२ को प्रतिवेदन पश्चात ह्याप्पि इन्डेक्स अर्थात्(खुसीपन)प्रतिवेदन वार्षिक रुपमा संयुक्त राष्ट्रसंघले प्रकाशित गर्दै आएको छ ।

उक्त प्रतिवेदनले विभिन्न चरणहरुलाई खुसीपन मापनको आधार बनाई खुसीपन मापन गर्न एक देखि १० अंक मापनभार दिएको छ । विभिन्न आधारहरुका आधारमा यसलाई अंकभार दिने गरिएको छ । अंकभार १० लाई उच्च खुसीपनको स्तर र अंकभार १ लाई न्यून खुसीपनको स्तरका रुपमा चिनिने गरिन्छ ।

यो दृष्टिकोणले के स्पष्ट पारेको छ भने भौतिक विकासको स्तर केवल मानवीय अलौकिक विकास अनुभूति आत्मसन्तुष्टिका आधार हुन सक्दैन । त्यसैले केबल भौतिक बस्तुहरुको उपलव्धता त्यसको अध्यधिक बाँडफाँट र प्रयोगले मात्र समग्रताको विकासलाई ग्यारेन्टी गर्न सक्तैन । किनकी उक्त विकासलाई उपभोग गरेर जनस्तरमा भयरहित विकास उपभोक्ताको स्थिति के छ ? व्यक्तिले आत्मासन्तुष्टि, सरकार प्रतिको विश्वास के कस्तो गर्दछ त्यसले व्यक्तिको उक्त उपलव्ध अवस्था वा परिस्थितिमा खुसीकोपन वा स्तर निर्धारण गर्दछ ।

अन्तर्राष्ट्रिय खुसीपन सुचाङ्क प्रतिवेदन २०२० ले नेपालका लागि खुसीपन सुचाङ्क ५.२७ अंक कायम रहेको कुरा उल्लेख गरेको छ । सन् २०१४ का लागि नेपालको खुसीपन सुचाङ्क ४.५ रहेकोमा यो अंकमा वृद्धि भई सन् २०२० सम्म आइपुग्दा उक्त अंक ५.२७ हुन पुगेको हो । उक्त तथ्याङ्कले पछिल्ला वर्षहरुमा नेपाली जनताको खुसीपनको अलौकिक पवित्र स्तरमा वृद्धि हुदै गएको कुरालाई पुष्टि गर्दछ । हाल दक्षिण एशियाली मुलुकहरुमा खुसीपन सुचाङ्क तथ्याङ्कलाई नियाल्दा नेपाल खुसीपन उच्च रहने दक्षिण एशियाली मुलुकहरुको सुचीमा पहिलो नम्बरमा रहेको छ । विश्वका संयुक्त राष्टसंघका सदस्य सम्पूर्ण राष्ट्रहरु समावेश गरि तयार पारिएको सुचीमा नेपाल ८७ औं स्थानमा सुचीकृत रहेको छ ।

यसबाट हामी के स्पष्ट हुन्छौं भने दक्षिण एशियाली मुलुकहरुमा सबै भन्दा बढी वा उच्च खुसीपन रहेको मुलुक नेपाल रहेको छ । यहाँ अन्य दक्षिण एशियाली मुलुकहरुमा भन्दा जनतामा खुसीपनको स्तर बढी भएता पनि अन्य सुचाङ्कहरु जस्तै प्रतिव्यक्ति आय, मानिसको औसत जीवन प्रत्यासा, साक्षरताको स्तर, कुल गार्हस्त उत्पादन, तनकिनीको विकास, प्राविधिक ज्ञान तथा अन्वेषण आदिको चर्चा गर्दा नेपाल अन्य दक्षिण एशियाली मुलुकको तुलनामा कमजोर वा पछि रहेको देखिन्छ । यसबाट के कुरा स्पष्ट हुन सकिन्छ भने कम भौतिक सम्पन्नता, साधन तथा स्रोतको उपलब्धता र प्रयोगमा पनि खुसीपन एकातर्फ बढी रहन सक्दछ भने अर्कोतर्फ प्राविधिक तनकिनी अन्य भौतिक सुविधाको धेरै उपलब्धतामा पनि खुसीपन सुचाङ्क कम हुन सक्छ ।

कोभिडको महामारी बीचपनि नेपाल गतवर्षको तुलनामा विश्वको खुसीपन सुचाङ्कहरुको सुचीमा पाँचौं स्थान माथि चढ्न सफल देखिन्छ । उक्त सुचीमा फिनल्यान्ड विश्वकै सर्वाधिक खुसीपन सुचाङ्क उपभोग गर्ने प्रथम राष्ट्र भएको छ । विश्व खुसीपन सुचाङ्क मुख्यतः कुल गार्हस्थ उत्पादन, सामाजिक सहयोग, सहयोगी मन तथा स्वस्थ औसत बाँच्ने जीवन खुसी जीवनका छनौटमा उपलब्ध स्वतन्त्रता, भ्रष्टाचारको अवस्था आदिलाई जनताको खुसीपन मापनको आधार मनाइएको वा निर्भर रहेको छ ।

विश्वका दश उच्च खुसीपन भएका मुलुकहरुमा फिनल्यान्ड, डेनमार्क,स्विजरल्यान्ड, आएरल्यान्ड, नेदरल्यान्ड, नर्वे,स्विडेन, लक्जम्बर, न्युजल्यान्ड र अष्ट्रिया रहेका छन् भने विश्वका अति न्यून खुसीपन सुचाङ्क भएको मुलुकहरुमा वुरुन्डी, यमन, तान्जानिया, हैटी, मकाउ, बोस्टोवाना, रुवान्डा, जिम्बाबे र अफगानिस्तान रहेका छन् । माथिका आँकडालाई हेर्दा नेपालको स्तर दक्षिण एशियाली मुलुकहरुमा सबैभन्दा राम्रो रहेको छ । अब आउँदा दिनमा कसरी यो अपवित्र, अलौकिक खुसीपनको सुचाङ्कलाई उच्च राख्ने प्रयत्न गर्दै विकासका नयाँ नयाँ मोडलहरुको विकास प्रयोगमा जोड पुर्याउन अगाडि बढ्नु पर्ने देखिन्छ ।

लेखकः आर्य एकेडेमी सीतापाइलाका संस्थापक प्रिन्सिपल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *