प्रधानमन्त्री संसद बैठकमा नआउनु सुरक्षा खतरा नै हो कि नैतिक खतराको महसुस ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी ओली अनुपस्थित हुनुको कारण माग गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद बडूले प्रधानमन्त्री संसद बैठकमा नआउनुको कारण सुरक्षा खतरा हो कि नैतिक खतरा हो ? भन्दै प्रश्न गरेका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले गम्भीर सुरक्षा खतरा रहेको र आफूमाथि कुनै पनि बेला आक्रमण हुने सार्वजनिक अभिव्यक्ति दिनुभएको छ, नेपालको सुरक्षा निकायको क्षमतामाथि प्रश्न उठ्ने गरैजिम्मेवार, असत्य र बनावटी अभिव्यक्ति किन दिनुभयो ? यसबारे स्पष्टीकरण आउनुपर्छ । प्रधानमन्त्री संसद नआउनुको कारण उहाँमाथिको सुरक्षा खतरा नै हो कि उहाँले नैतिक खतराको महसुस गरिरहनुभएको हो ?’

सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिदिएपछि प्रधानमन्त्री ओली प्रतिनिधि सभाको कुनै पनि बैठकमा सहभागी भएका छैनन् । प्रधानमन्त्री संसद भवनमा आएपनि बैठक सुरु नभई निस्कने गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *