अमेरिकामा जोर्ज फ्लोइडको हत्यासम्बन्धी मुद्दामा आरोपित प्रहरी अधिकारी डेरेक चौविनविरुद्ध सुनुवाइ आरम्भ भएको छ । घटनासम्बन्धी सार्वजनिक भिडियो फुटेजमा श्वेत जातिका चौविनले अश्वेत पुरुष फ्लोइडको गर्दनमाथि घुँडाले थिचेर हत्या गरेका थिए ।
जोर्ज फ्लोइडको मृत्युपछि अमेरिकामा प्रहरी दमन तथा जातिवादलाई लिएर प्रदर्शनको एउटा नयाँ लहर सुरु भएको थियो । तर प्रहरी दमन तथा जातिवाद अन्त्य हुनुपर्ने माग वर्षौँदेखि हुँदै आएको छ ।
