प्रज्जवल थापा । थ्री नेसन्स कपको लागि नेपाली टोलीको घोषणा भएको छ । बुधबार प्रशिक्षक बाल गोपाल महर्जनले गोलरक्षक किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
भरपर्दा डिफेन्डर तथा पुर्व कप्तान विराज मर्हजन करिब २ वर्षपछि टोलीमा फर्किएका छन् । यस प्रतियोगिता पश्चात् विराजले राष्ट्रिय टोलीबाट सन्यास लिने कुरा विभिन्न सञ्चारमाध्यमबाट बाहिर आइरहेको छ । यस्तै नवयुग श्रेष्ठसँगै १० खेलाडी भने टिमबाट बाहिरिएका छन् । गोलरक्षक विशाल श्रेष्ठ, विशाल सुनुवार, डिफेन्डर पाल्साङ लामा, सुरज विक, विकाश खवास, मिडफिल्डर हेमन्त थापामगर, सन्तोष तामाङ र फर्वार्ड आशिष लामा, जोर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ टोलीबाट बाहिरिएका छन् ।
यस्तै गोलरक्षक दीप कार्की, डिफेन्डर निशान खड्का, छिरिङ गुरुङ, मिडफिल्डर त्रिदेभ गुरुङ र सन्जोग राईले टिममा पहिलो पटक स्थान बनाएका छन् । मंगलबारबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु भएको प्रतियोगिताको उद्धाटन खेलमा बंगलादेशले किर्गिस्तान यु-२३ लाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
नेपालले बिहीबार किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । सिङ्गल राउण्डरोविनको आधारमा हुने प्रतियोगिता चैत १६ गतेसम्म चल्ने छ । समूहमा शिर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।
नेपाली टोली:
गोलरक्षक:- किरण कुमार लिम्बू(कप्तान), विकेश कुथु, दिप कार्की
डिफेन्डर:- रन्जित धिमाल, निशान खड्का, रोहित चन्द,अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ
मिडफिल्डर:- त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रवि शङ्कर पासवान
फर्वार्ड:- अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास
