भष्मासुरले छल गरेर सबैलाई त्राहिमाम पार्ने भो, नयाँ रणनीति चाहियोः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि पदबाट हटाउनुपर्ने बताएका छन् । सोमबार सामाजिक संजाल ट्वीटमार्फत भट्टराईले ओलीले सबैलाई त्राहिमाम पारेकाले उनलाई हटाउन नयाँ रणनीति बनाउनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘मिथकहरूबाट प्रेरणा लिने हो हुबहु उही दोहोर्याउने हैन ! भष्मासुरलाई जसले वरदान दिएको हो उसले (शिवले)वरदान फिर्ता लिनुसट्टा अर्काले (बिष्णुले)छल गरेर वध गरेका थिए भन्दैमा अहिले कलीयुगमा पनि त्यही दोहोर्याउन खोज्दा उल्टै भष्मासुरले छल गरेर सबैलाई त्राहिमाम पार्ने भो!नयाँ रणनीति चाहियो !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *