बार्सिलोनालाई सोसिडाडको चुनौती

प्रज्जवल थापा । क्याटलन क्लब बार्सिलोनालाई आज रियल सोसिडाडले आफ्नो चुनौती पेश गर्दैछ । स्पेनिस लिग ला लिगाअन्तर्गत हुने खेल नेपाली समय अनुसार राति १ः४५ बजे शुरु हुनेछ ।

बार्सिलोना आजको खेल जित्दै दोस्रो स्थानमा उक्लिन चाहन्छ । हाल बार्सिलोना २७ खेलमा ५९ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । एक खेल बढि खेलेको रियल म्याड्रिड ६० अङ्कको साथ दोस्रो स्थानमा छ । बार्सिलोना लिगको पछिल्लो ५ खेलमा अपराजित रहेको छ ।

यता रियल सोसिडाडपनि आजको खेल जित्दै विजयी पथमा फर्कन चाहन्छ । भियो लिगको पछिल्लो खेलमा ग्रानाडासँग १(० गोलले पराजित भएको थियो । हाल सोसिडाड २७ खेलमा ४५ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा रहेको छ । दुई टोलीबिच भएको पछिल्लो २६ खेलमा १६ खेल बार्सिलोनाले जितेको थियो भने ५ खेल सोसिडाडले आफ्नो पोल्टामा पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *