मनाङको नासोमा ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु

मनाङ । मनाङको नासो गाउँपालिकामा एउटा ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । लमजुङको सदरमुकाम बेँसिशहरबाट मनाङ गइरहेको ट्रक नासो गाउँपालिकाको खोत्रोपाखा भन्ने ठाउँमा शनिबार दिउँसो दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा परी नासो गाउँपालिका ओढारगाउँका ३५ वर्षीय डोलकासी गुरुङ, मनिषा गुरुङ र ६ वर्षीय बालक पियुष गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक र सहचालक सहितका घाइते पाँचजनालाई उपचारका लागि बेँसीशहर अस्पताल लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *