अनिल गुरुङ घरेलु टोली पोखरा थण्डर्समा

प्रज्जवल थापा । नेपाली राष्ट्रिय फूटबल टोलीका पुर्व कप्तान अनिल गुरुङ घरेलु फ्रेन्चाइज टिम पोखरा थण्डर्सबाट नेपाल सुपर लिग(एनएसएल) खेल्ने भएका छन् । सोल्टी क्राउन प्लाजामा भइरहेको अक्सनमा अनिललाई पोखराले ७० हजार रुपैयाँमा किनेको हो ।

अक्सनमा गुरुङ बी श्रेणीमा रहेका थिए । ३४ वर्षिय पोखरेली स्ट्राइकर गुरुङले घरेलु लिगमा विभिन्न क्लबहरुबाट खेलिसकेका छन् । साहारा क्लबबाट खेल्दै खेलजीवनको शुरुवात गरेका अनिलले ब्रिगेड ब्वाइज क्लब, थ्रि स्टार क्लब, न्युरोड टिम(एनआरटी) सँगै मनाङ मर्स्याङ्दी क्लबबाट खेलिसकेका छन् । सन् २००७ मा ओमनविरुद्ध खेल्दै राष्ट्रिय टोलीको लागि डेब्यु गरेका अनिलले नेपालको लागि ५१ खेल खेल्दै १० गोल गरेका थिए । अनिलले सन् २००७ नोभेम्बर १४ मा फिलिपिन्सविरुद्धको खेल खेल्दै राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए ।

यस्तै हालसम्म पोखरा थण्डर्सले अनिलसँगै डिफेन्डर अजित भण्डारीलाई १ लाख रुपैयाँ र सी श्रेणीका फर्वार्ड प्रविन कुमार स्याङ्तेनलाई ७० हजार रुपैयाँमा किनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *