USAID

मालपोत अधिकृत २४ हजार घुससहित पक्राउ


महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुस लिइरहेका बेला बिहीबार मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको छ ।

कार्यालय समयमा सेवाग्राहीबाट २४ हजार रुपैयाँसहित शाखा अधिकृत जोशीलाई पक्राउ गरेको आयोग कञ्चनपुरका सूचना अधिकृत हरिश जोशीले जानकारी दिए । “अख्तियारको टोलीले शाखा अधिकृत जोशीलाई रकमसहित पक्राउ गरी अनुसन्धान थालेको छ”, उनले भने, “विस्तृत विवरण सङ्कलन हुँदैछ ।”


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *