USAID

रुसले बोलायो अमेरिकामा रहेका आफ्ना राजदूतलाई फिर्ता


रुसले वासिङ्टनमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । अमेरिकासँगको सम्बन्ध अँध्यारो गल्लीको अवस्थामा पुगेको भन्दै रुसी सरकारले अनाटोली एन्टोनोभलाई मस्को बोलाएको हो । अमेरिकी चुनावमा रुसले दखल दिएको आरोपकाबीच राष्ट्रपति जो बाइडनले भ्लादिमिर पुटिनले त्यसको मूल्य चुकाउनुपर्ने भनेपछि मस्कोले यस्तो कदम चालेको हो ।

एबीसी न्यूजसँगको एउटा अन्तर्वार्तामा अमेरिकी राष्ट्रपतिले रुसले अमेरिकी चुनावी अभियानलाई कमजोर पार्ने प्रयास गरेको निष्कर्ष निकालेको एउटा अमेरिकी गुप्तचर प्रतिवेदनबारे प्रतिक्रिया जनाएका हुन् । बाइडनले त्यसक्रममा पुटिन एउटा क्षति पुर्याउने व्यक्ति अर्थात् ’किलर’ रहेको आफूलाई लागेको धारणा पुष्टि गरेका थिए ।

जसमा पुटिनले चुनावी हस्तक्षेपका लागि अनुमति दिएको जनाइएको छ । उक्त प्रतिवेदनमा बाइडनलाई बदनाम गर्न र डोनल्ड ट्रम्पलाई प्रोत्साहन गर्नेगरी थुप्रै उपायहरू अपनाएको उल्लेख छ । ती उपायहरूमा मतदान प्रणालीप्रतिको विश्वास कमजोर गराउने र अमेरिकामा विभाजनलाई थप चर्काउने सम्मका रहेको जनाइएको छ ।

मस्कोले ती आरोपहरू अस्विकार गरेको छ । उक्त प्रतिवेदनको निष्कर्षमा रुस वा अन्य कुनै देशले मतदान वा मतगणना प्रभावित पारेको कुनै प्रमाण नभएको जनाइएको छ । पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले त्यस्ता आरोपहरूको प्रमाण नभएको र त्यसले दुई देशबीचको सम्बन्धमा थप क्षति पुर्याउने बताएका छन् ।

उक्त प्रतिवेदनको निष्कर्षका आधारमा अमेरिकाले अर्को सातासम्ममा रुसमाथि प्रतिबन्धहरू लगाउने ठानिएको छ । अमेरिकी गुप्तचर प्रतिवेदनले रुसले बाइडनलाई बदनाम गर्न र डोनल्ड ट्रम्पलाई प्रोत्साहन गर्नेगरी थुप्रै उपायहरू अपनाएको उल्लेख छ।

रुसले अमेरिकी चुनावमा बाइडनलाई बदनाम गर्न र डोनल्ड ट्रम्पलाई प्रोत्साहन गर्नेगरी थुप्रै उपायहरू अपनाएको एक अमेरिकी प्रतिवेदनमा उल्लेख छ ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *