विश्वमा कोरोना संक्रमितको संख्या १२ करोड १८ लाख नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ लाख ९१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ६ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ लाख ९१ हजार ७२६ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ५ लाख २५ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ करोड १८ लाख ७९८ पुगेको छ । हालसम्म विश्वमा ९ करोड ८१ लाख ९५ हजार भन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । संक्रमितमध्ये २ करोड ९ लाख १३ हजार २८० जना सक्रिय संक्रिमत रहेका छन् भने ८८ हजार ८७४ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ५ लाख ५० हजार ५७५ जनाको मृत्यु भएको छ भने ३ करोड २ लाख ९३ हजार भन्दा बढी संक्रमित भएका छन् । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितका संख्या १ करोड १४ लाख ७४ हजार नाघेको छ भने १ लाख ५९ हजार २५० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *