हनुमानढोका सङ्ग्रहालय पाँच वर्षपछि पुनः खुल्ला

काठमाडौँ । विनाशकारी भूकम्प गएको पाँच वर्षपछि हनुमानढोका दरबार सङ्ग्रहालयमा ऐतिहासिक महत्त्वका सुनचाँदीका सिक्कासहितका दुर्लभ गरगहना र मुकुटलगायतको सरसामान सर्वसाधारण र पर्यटकले हेर्न पाउने भएका छन् । सङ्ग्रहालयमा हाल सोमबार, बिहीबार र शनिबार गरी साताको तीन दिनसम्म दिउँसो २ बजेपछि आउने अवलोकनकर्ताले प्रदर्शनी हेर्न सक्ने छन् ।

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले प्रदर्शनीमा राखिएका सुनचाँदी, तामा, पित्तलका गरगहना, मूर्ति, मुकुट अध्ययन अनुसन्धानकर्ता र विद्यार्थीका लागि नेपालको इतिहासका बारेमा खोज अनुसन्धान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

वि.सं. २०६८ साल असार १३ गते हनुमानढोका दरबारस्थित न्हुच्छे र फरास खानाबीचको भवन जीर्णोद्धार गर्ने क्रममा फलामको सेफमा भेटिएका ऐतिहासिक, पुरातात्विक वस्तु प्रदर्शनमा राखिएका छन् । ती अमूल्य सम्पदालाई यस प्रदर्शनीमार्फत सर्वसाधारणले हेर्ने अवसर मिलेको छ ।

हनुमानढोका दरबार क्षेत्रका भवनमा भूकम्पले निकै क्षति पु¥याएका कारण बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा पर्ने त्यस क्षेत्र ओझेलमा परेको थियो । कोरोना भाइरस महामारीका कारण सङ्कटमा परेको पर्यटनलाई पुनः गति दिने लक्ष्यसहित प्रदर्शन सुरु गरिएको हो । सङ्ग्रहालय प्रवेश गर्नेबित्तिकै देखिने मयूर पङ्खा (प्वाँख) डिजाइनमा बनाइएको श्रीकृष्ण भगवान्को मूर्तिमा लगाउने पाँच थान माणिक जडित सुनको मुकुट र सानो–ठूलो ६० थान हीरा जडित कलात्मक चाँदीको मुकुटले सबैको ध्यान खिच्छ ।

राजा रणबहादुर शाहको जेठी रानी राजराजेश्वरीले सती जाने बेला चढाएको सुनको माला, काटिएका, कम्पनी सिक्का, मोहरहरू र राजा त्रिभुवन शाहले उपहारको रूपमा प्राप्त गरेको डोक्सा कम्पनीको पकेटमा राख्ने घडी, इस्ट इण्डिया कम्पनीबाट जारी सुनको सिक्का सङ्ग्रहालयको विशेष आकर्षणमध्येमा पर्दछन् । मुगलकालीन, जयप्रकाश मल्लको मोहर, पृथ्वीनारायण शाह, प्रतापसिं शाह, राजेन्द्रविक्रम शाह, सुरेन्द्रविक्रम शाह, पृथ्वीवीरविक्रम शाह, त्रिभुवनवीरविक्रम शाहलगायतका राजाका पालामा प्रकाशित सिक्कालगायत चुनदाम र फुकादाम मुद्रा प्रदर्शनीमा राखिएका छन् ।

सेफमा भेटिएका ५९९ तोलाको एउटै ठूलो सुनको थाल, सुन÷चाँदीका इँटा (ढिक्का), सुनको लोटा, राजा जितामित्र मल्लले धार्मिक कार्यमा प्रयोग गरेको सुनको मुकुट, बहुमूल्य पत्थर जडित गहनालगायतका थुप्रै विविध आश्चर्य लाग्दा सामग्रीको भने फोटो मात्र राखिएका छन् ।

त्यसैगरी राजा वीरेन्द्रले जन्मदिनका अवसरमा प्रदान गरिएका थुप्रै उपहार पनि सङ्ग्रहालयलाई समृद्ध पारेका छन् भने सङ्ग्रहालयका एक पाटो ऐतिहासिक महìवका सम्पदामा प्रयोग भएका कलात्मक काठ, स्थानीय जात्रापर्वको महìवको वर्णनसहितका गतिविधिका चित्र, फोटोका लागि छुट्याइएको खनालले जानकारी दिए ।

सङ्ग्रहालय प्रवेशका लागि विद्यार्थीलाई १५ रुपियाँ, नेपालीलाई ३० रुपियाँ र सार्क राष्ट्रका नागरिकलाई २५० रुपियाँ प्रवेश शुल्क तोकिएको छ । सार्क राष्ट्रबाहेकका विदेशीले सङ्ग्रहालय प्रवेशका लागि एक हजार रुपियाँ तिर्नुपर्ने समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *