कोरोनाको परीक्षण र सम्पर्क पहिचान चुस्त बनाउन मोदीको आह्वान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड महामारीको दोस्रो लहरलाई छल्न कोरोनाभाइरसको परीक्षण तथा सङ्क्रमितहरूको सम्पर्क पहिचान कार्यलाई चुस्त बनाउन राज्यका अधिकारीहरूलाई आह्वान गरेका छन् ।

मुख्यमन्त्रीहरूसँगको बैठकलाई सम्बोधन गर्दै सङ्क्रमणको सङ्ख्या बढ्दै गएकाले देशभरि महामारी फेरि फैलनबाट रोक्न उनीहरूले द्रुत तथा निर्णायक कदमहरू चाल्नुपर्ने प्रधानमन्त्री मोदीले बताए ।

भारतमा डिसेम्बर महिनायताकै सर्वाधिक हुने गरी दैनिक सङ्क्रमण २८ हजार नाघेको बेला उक्त भर्चुअल बैठक डाकिएको थियो । भारतमा पहिलो चरणमा ३० करोड मानिसलाई खोप लगाउने गरी व्यापक खोप अभियान थालिएको छ । हालसम्म तीन करोडभन्दा धेरै मानिसले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *