USAID

भरत खवास एफसी चितवनको मार्की प्लेयर

  • 540
    Shares

प्रज्जवल थापा । नेपाली राष्ट्रिय फूटबल टोलीका फर्वार्ड भरत खवास नेपाल सुपर लिग(एनएसएल) को फ्रेन्चाइज टिम एफसी चितवनको मार्की प्लेयरको रुपमा अनुबन्धित भएका छन् । यस्तै चितवनले मुख्य प्रशिक्षकको रुपमा मेघराज केसीलाईपनि अनुबन्ध गरेको छ ।

त्रिभुवन आर्मी फूटबल क्लबका कप्तान भरतले राष्ट्रिय टोलीको लागि सन् २००८ मा डेब्यु गरेका थिए । उनले देशको लागि ५५ खेल खेल्दै १० गोल गरिसकेका छन् । यस्तै प्रशिक्षक मेघराज केसीपनि घरेलु फूटबलमा सफल प्रशिक्षकको रुपमा चिनिछन् । उनले यसअघि जाउलाखेल, फ्रेन्ड्स, थ्रीस्टार, आर्मी लगायत क्लवलाई प्रशिक्षण दिइसकेका छन् ।

यसअघिनै धनगढी फुटबल क्लबले विशाल राई र ललितपुरले अन्जन विष्टलाई मार्की प्लेयरको रुपमा अनुबन्ध गरिसकेकाे छ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । लिग आगामी वैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछ । लिगको अन्य खेलाडीको छनोट अक्सनबाट हुनेछ । हरेक टोलीमा विभिन्न श्रेणीका २० खेलाडी रहनेछन् । लिगमा विदेशी खेलाडीको पनि उपस्थिती रहनेछ । हरेक टोलीले टिममा ३ जना विदेशी खेलाडी राख्न पाउनेछन् भने मैदानमा दुई खेलाडी मात्र उतार्न पाउनेछन् ।

तस्बिर:- एफसी चितवन फेसबुक

 


  • 540
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *