USAID

ओलीले बोलाए संसदीय दलको बैठक


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक आह्वान गरेका सांसद विशाल भट्टराईले जानकारी दिएका छन् । ‘सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको भट्टराईले जानकारी दिए ।

माधव नेपाल पक्षले भने बैठक बहिष्कार गर्ने भएको छ । फागुन २८ गतेको निर्णय फिर्ता नभएसम्म ओलीले आयोजना गर्ने कुनै पनि बैठकमा सहभागी नहुने नेपाल पक्षले यसअघि नै बताइसकेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *