सूर्य नेपाल गल्फमा भुवन नगरकोटीको अग्रता कायमै

काठमाडौं । सूर्य नेपाल गल्फ टुर– २०२१ अन्तर्गत नेपाल सेन्ट्रल ओपनको दोस्रो चरणमा पनि भुवन नगरकोटीले अग्रता कायमै राखेका छन् । गोकर्ण गल्फ क्लबमा दोस्रो चरणको खेल सकिँदा भुवनले दोस्रो स्थानका शुक्रबहादुर राईमाथि पाँच स्ट्रोकको अग्रता बनाउँदै अग्रता कायमै राखेका हुन । ३६ होलको खेल सकिँदा भुवनले ११ अन्डर १३३ स्कोर बटुलेका छन् ।

उनले दोस्रो दिन तीन अन्डर ६९ को कार्ड बनाएका थिए । दोस्रो दिन पनि तीन अन्डर ६९ मा खेलेका शुक्रले ३६ होल सकिँदा ६ अन्डर १३८ स्कोर बटुल्दै भुवनलाई पछयाइरहेका छन् ।

१२औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णविजेता एमेच्योर गल्फर सुवास तामाङ तेस्रो स्थानमा छन् । उनले दोस्रो दिन दुई अन्डर ७० मा खेल्दै कुल पाँच अन्डर १३९ स्कोर कार्ड बनाए ।

यस्तै सञ्जय लामाको चार अन्डर ६८ स्कोरसहित चौथो स्थानमा उक्लिएका छन । यस्तै रामे मगरले दोस्रो चरणमा दुई अन्डर ७४ स्कोर खेलेपछि उनी पाँचौं स्थानमा झरेका छन । उनको कुल स्कोर दुई अन्डर एक सय ४२ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *