प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको संघर्षपुर्ण जित

प्रज्जवल थापा । इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले संघर्षपुर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले वेस्ट हामलाई १-० गोलले पराजित गरेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले एक गोल उपहार पाएको थियो । खेलको ५३ औं मिनेटमा ब्रुनो फर्नान्डेजको कर्नर बललाई बचाउने प्रयासमा डावेसनले आफ्नै पोस्टमा आत्मघाती गोल गरेका थिए । जुन गोल युनाइटेडको जितमा निर्णायक बन्यो ।

जितसँगै युनाइटेडले २९ खेलमा ५७ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । एक खेल बढी खेलेको सहरी प्रतिद्वन्दी सिटी ७१ अङ्कको साथ शिर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *