काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
आइतबार पार्टीको केन्द्रीय कमिटी बैठकपछि अध्यक्ष प्रचण्ड नेता नारायणकाजी श्रेष्ठलाई लिएर एमाले नेता नेपालकलाई भेट्न कोटेश्वरस्थित नेपाल निवासमा पुगेका थिए ।
नेपाल निवासमा खनाल पनि थिए । भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमकाबारेमा छलफल भएको बताइएको छ । सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी ब्यूँतिएपछि प्रचण्ड र नेपाल आफ्नै पार्टीमा फर्किएका थिए ।
तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिवबाहेकको पदाधिकारीको जिम्मेवारी खोसेपछि एमालेमा विवाद बढेको छ । ओलीको कदमपछि माधव नेपाल पक्षले समानान्तर कमिटी गठन गरेको छ ।
