ओलीका कारण कम्युनिष्ट आन्दोलन नै समाप्तिको दिशातिरः वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार गरेको घोषणाले उनको नेतृत्व क्षमताको धज्जी उड्नुका साथै उनकै कारणले कम्युनिस्ट आन्दोलन नै समाप्तिको दिशातिर धकेलिएको ठहर गरेको छ ।

अभियानका तर्फबाट सचिव बाबुराम थापाले शनिबार विज्ञप्ति जारी गरी एमालेलाई एकढिक्का बनाउन गलत निर्णयलाई सच्याएर नवौं महाधिवेशनबाट पारित विधान र राजनीतिक प्रतिवेदनका आधारमा पार्टी पंक्तिलाई सञ्चालन गर्न अपील गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टीप्रति जनताले दिएको अभिमत, जनचाहना, जनभावना, जनएकता विपरित कार्य गर्न लागेको ठहर गर्दै यसबाट पार्टीमात्र होइन आन्दोलनलाई समेत आघात पुग्ने ठहर पार्टी एकता अभियानले गरेको छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *