प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा न्युकेस्चल युनाइटेड र एस्टन भिल्लाले बराबरी खेलेका छन् । शुक्रबार राति सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युकेस्चल र भिल्ला १(१ गोलको बराबरी खेलेका हुन् ।
न्युकेस्चलको लागि जमाल लास्केलेसले एक गोल गर्दा भिल्लाले भने गोल उपहार पाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको अन्तिम समयमा दुवै टोलीबाट गोल भएको थियो । ८६ औं मिनेटमा क्लारेन क्लार्कले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि भिल्लाले खेलमा अग्रता लिएको थियो । यस्तै दोस्रो हाफको अतिरिक्त समयमा मुर्फेको पासमा लास्केलेसले गोल गर्दै न्युकेस्चलको हार टारेका थिए ।
बराबरीसँगै दुवै टोलीले एक/एक अङ्क बाढेका छन् ।
