इक्वेटरियल गिनीको विस्फोटमा मारिनेको सङ्ख्या ९८ पुग्यो

पश्चिम अफ्रिकी मुलुक इक्वेटरियल गिनीको सरकारले आइतबार त्यहाँको एउटा सैनिक अखाडामा भएको शृङ्खलाबद्ध विस्फोटनका कारण मारिनेहरूको सङ्ख्या ९८ पुगेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ सयभन्दा धेरै मानिस घाइते भएका छन् ।

व्यापारिक नगर बाटामा दिनभरि भग्नावशेषबाट मानिसहरूको उद्धार गरिएको थियो । राष्ट्रपति टियोडोरो ओबियाङ् नग्वेमाले हतियार भण्डारणमा लापरबाही तथा स्थानीय किसानहरूले खेत सफा गर्न लगाएको आगोले उक्त घटना भएको बताएका छन्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *