भारतको कोलकातामा भवनमा आगलागी हुँदा ९ जनाको मृत्यु

भारतको कोलकातामा एउटा भवनमा सोमबार साँझ आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । रेलवेको कार्यालय रहेको १३ तले भवनमा सोमबार साँझ आगलागी हुँदा उनीहरुको मृत्यु भएको इन्डिया टुडेले जनाएको छ ।

मृत्यु हुनेमा चार जना फायर फाइटर्स, दुई जना आरपीएफ जवान, एक जना प्रहरीका असई र एक जना रेल कर्मचारी छन् । मृत्यु भएकाहरू लिफ्टमा ११ तलासम्म गएका र त्यहाँ धुँवाले निस्सासिएको बताइएको छ । आगलागीको कारण अझै थाहा भइनसकेको प्रहरीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *