एन्जिलाले मासा युनाइटेडको कप्तानी समाल्ने

प्रज्जवल थापा । नेपाली राष्ट्रिय महिला फूटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले पाकिस्तानी लिगमा मासा युनाइटेडको कप्तानी समाल्ने भएकी छिन् । क्लबले सोमबार एक कार्यक्रम गर्दै एन्जिलालाई कप्तानको जिम्मेवारी सुम्पेको हो ।

नेपाली राष्ट्रिय महिला फूटबल टोलीका चार खेलाडी लिग खेल्न शुक्रबार पाकिस्तान प्रस्थान गरेका थिए । भखरै सम्पन्न राष्ट्रिय महिला लिगमा एपिएफलाई उपाधि जिताउन महत्त्वपूर्ण भुमिका खेलेका गोलरक्षक एन्जिला तुम्बापो सुब्बा, डिफेन्डर गिता राना, मिडफिल्डर शरु लिम्बू र फर्वार्ड अनिता केसी पाकिस्तानको ‘राष्ट्रिय महिला वुमेन्स फूटबल च्याम्पियनसिप’ खेल्न लागेका हुन् । चारै खेलाडीले मासा युनाइटेडबाट लिग खेल्ने छन् ।

यहि मार्च ८ देखि अप्रिल ३ सम्म चल्ने लिगमा २० टोलीको सहभागिता रहनेछ । नेपाली खेलाडी सम्मीलित मासा युनाइटेड समूह ‘बी’ मा रहेको छ ।

तस्बिर:- एन्फा

Leave a Reply

Your email address will not be published. Required fields are marked *