अमेजनका संस्थापक जेफ बेजोससँग सम्बन्धविच्छेद गरेको दुई वर्षपछि अर्बपति मकेन्जी स्कटले आफ्नो छोराछोरीको विज्ञान शिक्षकसँग विवाह गरेकी छन् ।
संसारकी धनी महिलामध्ये एक स्कटले हालसम्म ४० लाख अमेरिकी डलरभन्दा बढी परोपकारी कार्यमा खर्च गरिसकेकी छन् । उनले ड्यान जेवेटसँग विवाह गरेकी हुन् । ‘ड्यान गजबका व्यक्ति हुन् र म उनीहरू दुवै जनाका लागि खुसी छु,’बेजोसले एउटा विज्ञप्तिमा भनेका छन् ।
फोब्र्स पत्रिकाका अनुसार स्कटसँग करिब पाँच करोड ३० लाख अमेरिकी डलर सम्पत्ति छ। उनले आफ्नो धेरै सम्पत्ति परोपकारी कार्यमा खर्च गर्ने बताएकी छन् । बेजोस र स्कट २५ वर्ष वैवाहिक सम्बन्धमा थिए । उनले दुई उपन्यास प्रकाशित गरेकी छन् । उनका चार सन्तान छन् ।