श्रीमान छुटाइदिने भन्दै ११ लाख घुस लिने महिला प्रहरी हवल्दारसहित दुई जना पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ११ लाख घुससहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार राति त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मूल गेटबाट भन्सार कार्यालयमा बिचाराधीन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाईदिने काम गरिदिए वापत घुस लिई बिचौलियाको काम गर्ने बानेश्वर बृतका हवल्दार तारा कुमारी श्रेष्ठलाई पक्राउ गरिएको हो ।

त्यस्तै सहयोगीका रुपमा काम गर्ने रेष्टुरेन्ट व्यसायी चावाहिल घका अनिस जोशीलाई पनि पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले जानकारी दिए । उनीहरुमाथि अनुसन्धान गरि आवश्यक कारवाही हुने अख्तियारले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *