सर्वाेच्च अदालतको फैसला आफूहरुको अपेक्षा विपरीतः प्रचण्ड

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वाेच्च अदालतको फैसला आफूहरुले अपेक्षा गरेभन्दा फरक आएको बताएका छन् ।

नेकपाको नाम विवादमा सर्वोच्च अदालतले गरेको फैसलापछि सिंहदरबारमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले सर्वोच्चको फैसला अपेक्षा गरेको भन्दा फरक आएको बताएका हुन् ।

उनले सर्वोच्चको फैसला अध्ययन गरी थप टिप्पणी गर्ने बताए । नेपाल कम्युनिस्ट पार्टीका संयोजक ऋषिराम कट्टेलले आफूहरूको नाम जुधाई नेपाल कम्युनिस्ट पार्टीलाई त्यसैको छोटकरी नाम नेकपा थपिदिएर दल दर्ता गर्ने निर्णय गलत भएको दाबी गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आइतबार फैसला भएको हो । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आयोगको निर्णय बदर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *