त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिता दशरथ रंगशालामा हुँदै

प्रज्जवल थापा । अखिल नेपाल फूटबल संघ(एन्फा) ले तीन देश सम्मिलित त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

दशरथ रंगशालामा चैत ९ गते देखी १७ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानको सहभागिता रहने एन्फाले जनाएको छ । कोभिडका कारण फिफा विश्वकप कतार-२०२२ र एएफसी एसियन कप चीन-२०२३ को एसिया छनोट खेल स्थगित भएपछि एन्फाले त्रिदेशीय खेलको आयोजना गरेको हो।

प्रतियोगितामा किर्गिस्तानको भने यु-२३ टिमले सहभागिता जनाउनेछ । राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा कुल ४ खेल हुनेछ । शिर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्ने छन् ।

नेपालले फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनविरुद्ध खेल्न बाँकी छ । खेलको लागि बारम्बार तालिका सार्वजनिक भएपनि कोभिडको कारण स्थगित हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *