सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को उपस्थितिमा हस्ताक्षर भएको हो ।

तीन बुँदे सहमतिमा देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने, नेकपाले शान्तिपूर्ण राजनीति गर्ने, सरकारले नेकपाको प्रतिबन्ध हटाउने, कारागारमा रहेकाहरुको रिहाइ र मुद्दा खारेज गर्ने उल्लेख छ ।

सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । विप्लब समुहले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयवहादुर चलाउने दीपक सम्मिलित वार्ता टोली बनाएको थियो ।

दुवै तर्फका वार्ता टोलीले वार्ता गरि बिहीबार सहमति गरेका थिए । सोही सहमतिलाई शुक्रबार विशेष समारोहका बीच हस्ताक्षरसहित सार्वजनिक गरिएको हो ।

हस्ताक्षर समारोहमा सरकारका वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेश सल्लाहाकार भट्टराईले विगत एक बर्षदेखिको निरन्तरको प्रयास पछि वार्ता निष्कर्षमा पुगेको जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *