संसदमा पार्टीको रणनीति तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । संसदमा पार्टीको भूमिकाबारे रणनीति तय गर्न नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे बूढानीलकण्ठस्थित आफ्नो निवासमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई छलफलका लागि बोलाएका हुन् ।

फागुन २३ गते बस्ने संसद बैठकमा कुन रुपमा प्रस्तुत हुने भन्नेबारे पदाधिकारी बैठकले तय गर्नेछ । कांग्रेसको संसदीय दलको बैठक शुक्रबारका लागि बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *