काठमाडौँ । मस्तिष्ककघात भएर उपचाररत नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकले जानकारी दिएका छन्।
जोशीको उपचारमा संग्लन डा. राजीव झाले आज दिउँसो दिएको जानकारी अनुसार जोशीको स्वास्थमा क्रमिक सुधार भइरहेको छ।
शुक्रबार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका थिए।
जोशीलाई बिहीबार राति जोशीलाई मस्तिष्कघात भएपछि उपचारका लागि वीर अस्पताल लगिएको थियो । तर जोशीको अवस्था गम्भीर बनेपछि राति नै नर्भिक अस्पताल लगिएको थियो।
यस्तै, आज जोशीको सिटी स्क्यान पनि गरिएको छ। जसअनुसार उनको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी समेत लगभग सफा भएको पाइएको अस्पतालले जनाएको छ।
झाका अनुसार हिजोभन्दा आज नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाएका छन्। ‘जोशीलाई आज बिहानदेखि नै बेहोस् पार्ने औषधि दिन छाडिएको छ। तर, पनि उहाँले आँखा भने खोल्नुभएको छैन’, झाले भने।
‘उहाँको अवस्था अझै खतरामुक्त भने छैन,’ डा. झाले भने, ‘उहाँको अहिलेको अवस्थालाई जटिल, तर सुधारोन्मुख भन्नुपर्छ ।’
अति सधनकक्षमा राखेर जोशीको उपचार भइरहेको छ। चिकित्सकका अनुसार जोशी अझै खतरामुक्त भइसकेका छैनन् । आँखा अझै नखुले पनि उपचारमा संलग्न डाक्टर जोशीको हात खुटा विस्तारै चल्न थालेको चिकित्सकले जानकारी दिएका छन्।
