वामदेव गौतम र प्रधानमन्त्री ओलीबिच बालुवाटारमा भेटबार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि वामदेव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका हुन्।

आज दिउँसो वामदेव बालुवाटार पुगेको स्रोतले जानकारी दियो।

प्रधानमन्त्रीसँगको भेटमा गौतमले पार्टी एकताका कुरा गरेका थिए। ‘पार्टी एकताका लागि पहल गर्नुपर्‍यो भन्ने उहाँको भनाइ थियो,’ स्रोतले भन्यो।

यसबारे प्रधानमन्त्री ओलीले जवाफ दिएनन्।

हिजो मात्रै वामदेवले नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ओलीलाई सम्मानजनक तरिकाले विदाइ गरेर पार्टी एकता जोगाउनु पर्ने प्रस्ताव गरेका थिए।
यसअघि वामदेवले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *