भारतीय र पाकिस्तानी सेनाले जम्मु र कास्मिर क्षेत्रमा युद्धविरामलाई कडाइका साथ पालना गर्ने सहमति

भारतीय र पाकिस्तानी सेनाले जम्मु र कास्मिर क्षेत्रमा युद्धविरामलाई कडाइका साथ पालना गर्ने सहमति गरेका छन्।

आज दुबै देशका सेनाले संयुक्त विज्ञप्ति जारी गर्दै फेब्रुअरी २४ को मध्यरातबाट युद्धविरामलगायत अन्य सबै सम्झौताहरूको पालना गर्ने सहमति भएको जानकारी दिएका छन्।

उनीहरूले लाइन अफ अन्ट्रोल (एलओसी)को पछिल्लो अवस्थाको पनि समीक्षा गरेका थिए।

भारतका सैन्य अपरेशनका महानिर्देशक लेफ्टिनेट जर्नेल परमजित सिंह र पाकिस्तानी मेजर जर्नेल नौमान जाकारियाबीच हटलाइनमार्फत् भएको कुराकानीपछि यो सम्झौता भएको हो।

‘दुबै पक्षले सबै सम्झौता, समझदारी र एलओसीमा युद्धविरामको कडा पालना गर्न सहमत भएका छन्,’ विज्ञप्तिमा भनिएको छ।

महानिर्देशक सिंहले दुबै देशले एक अर्काको प्रमुख चासो र चिन्ताहरूको समाधान खोज्ने बताएका थिए।

सन् २०१९को पुलावामाको आत्मघाती बम विस्फोटपछि दुई राष्ट्रबीच सीमा क्षेत्रमा गोलीबारी भइरहन्थे।भारतले जम्मु र कास्मिरको विशेषाधिकार खोसेसँगै भारत र पाकिस्तानबीच तनाव बढेको थियो।

भारतले युद्धविरामको सम्झौता गरे पनि त्यसक्षेत्रबाट सेनाहरू घटाउने सहमति नभएको बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *