इन्डोनेसियाको सुन खानीमा पहिरो जाँदा पाँच जनाको मृत्यु, करिब ७० जना बेपत्ता

इन्डोनेसियाको केन्द्रीय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच जनाकोको मृत्यु हुनुको साथै अन्य करिब ७० जना बेपत्ता भएका प्रकोप निन्त्रण निकायले जनाएको छ ।

प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले भारी वर्षाका कारण परिगी माउन्टोङजिल्लाको बुरंगा गाउँमा रहेको परम्परागत सुन खानीमा पहिरो गएको जानकारी दिए ।

पाँचवटा शव भेट्टिएका र अन्य ७० जना हराइरहेका छन् । हराएका व्यक्तिहरुको खोजी र उद्धारको कार्य शुरू गरिएको छ । एउटा उत्खननकर्ता र अन्य उपकरणहरू घटनास्थलमा खटाइएको पनि पामुसुले बताए ।

सैनिक, प्रहरी, स्थानीय खोजी र उद्धार कार्यालयका कर्मचारी र प्रकोप एजेन्सीका स्वयंसेवकहरू लगायत खोज र उद्धार अभियानमा संलग्न रहेको अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *