पहाडी क्षेत्रमा आंशिक बदली भए पनि आज मौसम सामान्यतया सफा रहने

काठमाडौँ । पहाडी क्षेत्रका विभिन्न स्थानमा आंशिक बदली भए पनि बिहीबार देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा छ । तराईका केही स्थानहरुमा हुस्सु–कुहिरो लागेको छ ।

पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रमा आंशिक बदली हुने भएको हो ।

आज दिउँसो प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *