पूर्वप्रधानमन्त्री डा. भट्टराई अस्पताल भर्ना

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई आज अस्पताल भर्ना गरिएको छ ।

डा भट्टराईलाई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा आज बिहान ९ बजेदेखि भर्ना गरिएको छ । डा. भट्टराईका सहयोगी विश्वदीप पाण्डेले दिएको जानकारीअनुसार आज दिनभर उनलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ ।

स्वास्थ परीक्षणका लागि डा भट्टराई श्रीमती हिसिला यामी र पाण्डेसहित अस्ति भारतकाे नयाँ दिल्ली गएका थिए ।

तस्वीरः विश्वदीप पाण्डे

Leave a Reply

Your email address will not be published. Required fields are marked *