निर्वाचनका लागि आवश्यक सामग्री खरीदका लागि आयोगद्वारा बोलपत्र आह्वान

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका लागि झण्डै २५ करोड रुपैयाँ बराबरका आवश्यक सामग्री खरीद प्रक्रिया अघि बढाएको छ । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने २८ प्रकारका सामग्री खरिदका लागि बोलपत्र आह्वान गरेको हो ।

आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि चुनावका लागि आयोगले सामग्री खरीद प्रक्रिया अघि बढाएको हो । बोलपत्रदाताहरुले आजदेखि १७ गतेभित्र बोलपत्र फारम खरिद गरिसक्नुपर्ने र १८ गते मध्यान्ह १२ बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गरिसक्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *