२ अर्ब लगानीमा खाद्य बैंक स्थापना

काठमाडौँ । नेपालमा कृषिक्षेत्रलाई औद्योगिकीकरण गर्ने योजनाअनुरूप २ अर्ब रुपैयाँको लगानीमा राष्ट्रिय खाद्य बैंक लिमिटेडको स्थापना गरिएको छ । ‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ अर्ग्यानिक उत्पादनमा जोड दिँदै कृषिक्षेत्रमा आवश्यक ज्ञान, शीप, बीउबिजन, मलजलको समुचित व्यवस्थापन गरी निकट भविष्यमा नै कृषिक्षेत्रमा व्यापक औद्योगिकीकरण गर्ने उद्देश्यअनुरूप खाद्य बैंकको स्थापना भएको हो ।

कृषिक्षेत्रमा काम गर्दै आएका दक्ष जनशक्ति, विशेषज्ञ तथा कृषि वैज्ञानिकहरूको सहभागितामा यो बैंकको स्थापना भएको हो । सातै प्रदेशका ७७ जिल्लामा उपस्थिति दर्शाउँदै कृषिक्षेत्रलाई व्यापक बजारीकरण गर्ने संस्थाको मुख्य उद्देश्य छ ।

त्यसका लागि कृषिमा ठूलो लगानी गरी रोजगारी बढाउने, उत्पादन वृद्धि गर्ने र मुलुकलाई आत्मनिर्भरतातर्फ अघि बढाउने योजना अनुरूप काम अगाडि बढाएको बताइएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *