फ्रेन्चाइज फुटबल सुपर लिग आगामी वैशाखमा

  • 12
    Shares

नेपाल सुपर लिग (एनएसएल) नेपालकाे पहिलाे फ्रेन्चाइज लिग आगामी वर्ष वैशाखमा हुने भएकाे छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) को आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा नेपाली फुटबलमा पहिलो पल्ट फ्रेन्चाइज लिग हुन लागेको हो ।

प्रतियोगिता आगामी वैशाख ११ देखि २५ गतेसम्म दशरथ रंगशालामा गर्ने तयारी रहेको छ । प्रतियोगितामा विभिन्न प्रदेशको सहरका फ्रेन्चाइज टिमले भाग लिनेछन् । खेलाडीको चयन भने लिलामीको माध्यमबाट गरिनेछ । त्यसमा नेपालका राष्ट्रिय, घरेलु र अन्य खेलाडीको समूह बनाएर खेलाडी लिलामी हुनेछ ।

राउण्ड राेविन लिगका आधारमा हुने प्रतियोगितामा कुल १९ खेल हुनेछन् । यस्तै हरेक टिममा २० खेलाडी हुनेछन् । टिमकाे नाम र टिम मालिककाे जानकारी एक विशेष समाराेह आयाेजना गरी यसै महिना सार्वजनिक गरिनेछ । खेलाडीलाई ‘ए’ देखि ‘डी’ श्रेणीमा छुट्याएर अक्सन गरिनेछ ।


  • 12
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *