आफू अत्यन्त लज्जित छु विदेशमा उपचार गराउनु पर्दा : बाबुराम भट्टाराई

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टाराईले विदेशमा उपचार गराउनु पर्दा आफू अत्यन्त लज्जित भएको बताएका छन्।

उपचारको लागि आज भारतको नयाँ दिल्ली गएका भट्टराईले २१ औँ शताव्दीमा पनि शरीरमा पलाएको ट्युमर सामान्य हो कि घातक हो छुट्याउनकै लागि भारत आउनुपर्दा आफू लञ्जित भएको टिप्पणी गरेका हुन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरू! अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथि कक्षमा बसेर घोत्लिँदै गर्दा अत्यन्त लज्जित/दुःखित छु। २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु! सामान्य नागरिकको के होला?’

भट्टराई स्वास्थ्योपचारका लागि आज भारतको नयाँ दिल्ली गएका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *