काठमाडौँ । पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण पहाडी क्षेत्रको मौसम प्रभावित भएको हो ।
अहिले देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ ।
यसैबिच देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको हुँदा यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
