ओलीलाई कांग्रेसले साहसी र जुझारु भएर भन्नुपर्छ-यहाँ हुकुम र सेटिङको शासन चल्दैनः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसले हुकुमको शासन पनि चल्न दिइन्न भन्ने सन्देश दिनुपर्ने बताएका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत शुक्रबार थापाले कांग्रेसले २००७ सालको जस्तै दृढ संकल्पित, साहसी र जुझारु भएर सेटिङको शासन पनि चल्न दिइन्न भन्ने सन्देश दिनुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘मेरो हुकुम नै शासन हो’ भनेर प्रधानमन्त्री २००७ साल अघिका श्री ३ जस्तो बन्न खोजेको यो घडीमा नेपाली कांग्रेस पनि २००७ सालको जस्तै दृढ संकल्पित, साहसी र जुझारु भएर भन्नूपर्छ– यहाँ हुकुमको शासन पनि चल्न दिइन्न,सेटिङको शासन पनि चल्न दिइन्न।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *