चिनियाँ ‘भेरो सेल’ खोपले नेपालमा पायो आपतकालीन प्रयोगको अनुमति

काठमाडौँ । नेपालमा चिनियाँ ‘भेरो सेल’ खोपले आपतकालीन प्रयोगका लागि अनुमति पाएको छ । चाइनिज सिनोफार्म कम्पनीको भेरो सेल खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको औषधी व्यवस्था विभागले जानकारी दिएको हो । यो खोप बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन हुने गरेको छ ।

चीनले नेपाललाई यसअघि नै ५ लाख डोज खोप अनुदान दिने घोषण गरिसकेको छ । यद्यपि नेपालमा प्रयोगका लागि सरकारले लामो समयसम्म चिनियाँ खोपलाई अनुमति दिएको थिएन । सरकारले अनुमति नदिएपछि नेपालमा रहेका चिनियाँ कामदार चीनमा गएर कोरोनाविरुद्धको खोप लगाएर आएका थिए ।

भारतले नेपाललाई १० लाख डोज खोप अनुदानका रुपमा यसअघि नै उपलव्ध गराइसकेको छ । भारतमा निर्मित उक्त खोप सिरम इन्स्टिच्युटबाट उत्पादन गरिएको हो । कोभिसिल्ड नामको सो खोप नै अहिले नेपालमा लगाउने अभियान जारी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *