बढ्यो बिरामी जाँच्दा चिकित्सकले लिने शुल्क

काठमाडौं । चिकित्सकहरुको जाँच शुल्क बढेको छ् । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार संयुक्त विज्ञप्ति जारी गरी चिकित्सकले दिने परामर्श तथा जाँच शुल्क बढाएको जानकारी गराएको हो ।

पाँच वर्षसम्म अनुभव भएका एमबिबिएस गरेका डाक्टरको ३ सय ७० र पाँच वर्ष बढी अनुभवी चिकित्सकको शुल्क ४ सय ५० रुपैयाँ तोकिएको छ । त्यस्तै, एमडी गरी १० वर्षसम्म अनुभव भएका चिकित्सको जाँच्ने शुल्क ८ सय २५ तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *