बागमती प्रदेशसभाको बैठक फेरि सूचना टाँसेर स्थगित

हेटौंडा । बागमती प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरेका छन् । मुख्यमन्त्री डोरमणि पौडेलविरूद्धको अविश्वासको प्रस्तावमाथि आजबाट दलगत छलफल शुरू हुने तयारी थियो ।

तर अन्तिम समयमा आएर बैठक स्थगित गरिएको छ । यसअघि पनि माघ १९ गते २ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै सूचना निकालेर स्थगित गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *