सत्ता उन्माद प्रस्तुत नगर्न ओली समूहलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा प्रधानमन्त्री केपी ओली समूहबाट नियोजित रूपमा गरिएको आक्रमण गरिएको भन्दै आपत्ति जनाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गरी सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र वयवहारले भूमिका खेलेको उल्लेख गरेका छन् ।

उनले यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गरेका छन् ।

याे पनि पढ्नुहाेस्,

बैतडीमा कांग्रेसको सभामा ओली समूहको आक्रमण, एनपी साउद घाइते

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *