चितवन। चितवन राष्ट्रिय निकुञ्जको गिद्धेनी भन्ने स्थानमा एक भाले गैंडा मृत भेटिएको छ।
ढिस्को उक्लने क्रममा पल्टिएर उत्तानो परी उक्त गैंडाको मृत्यु भएको अनुमान गरिएको अधिकारीले जानकारी दिए।
निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत नारायणी नदी नजिकै अन्दाजी ३० वर्षको एक सिंगे गैंडा मृत भेटिएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए।
मृत गैंडाको खाग, खुर सुरक्षित छ।
आर्थिक वर्ष २०७७/०७८ मा मात्रै चितवन निकुञ्जमा २४ वटा गैंडाको मृत्यु भएको छ। यसमध्ये २० वटाको प्राकृतिक र ४ वटाको सिकारीको कारण मृत्यु भएको हो।
