अहिल्यै निर्वाचन सम्भव छैन : शशांक कोइराला

दाङ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तै वैशाखमा निर्वाचन गराउन सम्भव नरहेको बताएका छन्।

नेपाल प्रेस युनियन दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मूल्यमान्यता विपरीत हठात् संसद विघटन गरेर आफ्नो अधिनायकवादी चरित्र उदांगो पारेको बताए।

‘संविधानमा दुई वर्षसम्म अविश्वासको प्रस्ताव पारित गर्न नपाइने र त्यसपछि पनि प्रस्ताव आएमा समन्वय गरेर अगाडि बढ्ने भन्ने छ,’ महामन्त्री कोइरालाले भने, ‘हामीले बनाएको संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने भन्ने व्यवस्था रहे पनि केपी ओली त्यसविपरीत चल्दा देश अप्ठ्यारोमा परेको छ।’

उनले बिपीले २००७ सालमै संविधान सभाको कुुरा गरेको भन्दै सुशील कोइरालाले संविधान सभाबाट संविधान दिएर जनताको संविधान बनाए पनि त्यो संविधान केपी ओलीले कुल्चिएको भन्दै रोष प्रकट गरे।

प्रधानमन्त्रीको गलत गरेको भन्दै सच्चिन जरूरी रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *